कांग्रेस केन्द्रीय समिति सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसोदेखि सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजेबाट सुरु भएको हो । गत असोज २८ गतेबाट सुरु केन्द्रीय समिति बैठक कात्तिक एक गतेबाट बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

जारी बैठकले कांग्रेसको १५ औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेनजी आन्दोलनबारे संस्थागत निर्णय गर्ने नेताहरू बताउँछन् ।

बैठक केहीबेर अघिबाट सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ । संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ ।

  • १३ कार्तिक २०८२, बिहीबार १४:३० प्रकाशित