सरकार, राजनीतिक दल र जेनजीबीचको बैठक सुरु : जेनजीका १३ प्रतिनिधि सहभागी

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षी संवादमा जेनजी प्रतिनिधि १३ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जसमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेको सचिवालयको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता तय गरेको हो । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।

  • १२ कार्तिक २०८२, बुधबार १६:४७ प्रकाशित