पाल्पामा भ्यान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको भ्यान दुर्घटनामा परेको हो।
बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको उक्त भ्यान साढे १० बजेतिर दुर्घटनामा परेको थियो।छहरा बजारबाट १० बजे मेहलढापतर्फ लागेको उक्त भ्यान दुर्घटनामा परेको खबर भने साढे १ बजेतिर मात्र थाहा भएको स्थानीयले बताएका छन्।
इलाका प्रहरी कार्यालय मुझुङका अनुसार दुर्घटनामा परी भ्यानका चालक सहित ३ जनाको घटनास्थलमै ज्यान गएको छ।मृतकहरूको भने सनाखत हुन सकेको छैन।बुटवलबाट गएका अन्य यात्रुहरू छहरा बजारमा झारेर भ्यान मेहलढापतर्फ गएको थियो।
भ्यानमा चालक सहित तीन जना मात्र रहेको र सबैको ज्यान गएको प्रहरीले जनाएको छ।भ्यान सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको छ।














