आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।

  • १२ कार्तिक २०८२, बुधबार ११:३७ प्रकाशित