कांग्रेस नेता आलम आईसीयूमा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज ९केएमसी०को आईसीयूमा भर्ना भएका छन् । मिर्गौलामा समस्या देखिएपछि उनलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको जानकारी अस्पताल स्रोतले दिएको छ ।

पूर्वमन्त्री आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।

कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरी त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो ।

अहिले उनको स्वास्थ्यावस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ ।

  • १२ कार्तिक २०८२, बुधबार ११:०४ प्रकाशित