यी तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

 

पोखरा ।

हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदली बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • १२ कार्तिक २०८२, बुधबार ०८:०० प्रकाशित