बढ्यो अण्डाको भाउ, क्रेडको होलसेल मूल्य नै ५०० रुपैयाँ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै संघले अन्डाको भाउ बढाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको जानकारी दिए।

उनकाअनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।

‘उपभोक्ता मूल्यमा ५०-७० पैसाको मात्रै परिवर्तन हुन्छ, यसले ठूलो असर पार्दैन,’ उनले भने । उत्पादकले होसलसेल (थोक) मा बेच्ने भाउ बढाएपछि होलसेलरले व्यापारीलाई नै महँगोमा अन्डा बेच्छन् । यसो हुँदा उपभोक्ताले महँगोमा अन्डा किन्नुपर्ने हुन्छ ।

  • १० कार्तिक २०८२, सोमबार १३:१२ प्रकाशित