पोखरा ।
आज सोमबार अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज युरोपियन युरो १ को खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा, स्विस फ्रयाङ्क १ को खरिददर १७६ रुपैयाँ २७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २१ पैसा र बिक्रीदर १०० रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
थाइ भाट १ को खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम १ को खरिददर ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर १ को खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा, कुवेती दिनार १ को खरिददर ४५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार १ को खरिददर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा , ओमनी रियाल १ को खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।














