तिहारपछिको सेयर बजार बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११ : २३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो ।

कारोबार रकम न्युन देखिएको छ । जम्मा २ अर्ब ६६ करोडको कारोबार भयो । तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोडको भएको थियो ।

९८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ४ को स्थिर रह्यो ।

  • ९ कार्तिक २०८२, आईतवार १५:३० प्रकाशित