काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ ।
भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि श्रेष्ठको र विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले दुबैको सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो ।
यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।















