काठमाडौं ।
गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो ।
श्रेष्ठलाई पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी थियो । तर, राष्ट्रपति कार्यालयमा नामावली पठाउँदा भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
त्यो बाहेक डा।सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइँदै छ ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने तय भइसकेको छ । यसअघि भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए ।















