काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आज थप विस्तार हुने भएको छ ।
कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो । बालुवाटार स्रोतका अनुसार आज चार मन्त्री थप्ने र आजै सपथग्रहण हुने तयारी छ ।
डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको जनाइएको छ ।















