दिदीसँग टीका लगाएर फर्किने क्रममा बसको ठक्करबाट ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।

राप्ती गाउँपालिका–५ का ६५ वर्षीय रामप्रसाद भट्टराइलाई बसले ठक्कर दिएको थियो।गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचार क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार बिहीबार दिदीको घरमा टीका लगाएर फर्किने क्रममा दिउँसो १ बजेतिर उनी दुर्घटनामा परेका थिए।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ मा पैदल हिँडिरहेका भट्टराइलाई लु१ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो।

  • ७ कार्तिक २०८२, शुक्रबार १३:३४ प्रकाशित