काठमाडौं।
आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।















