पोखरा ।
आज बिहीबार अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ । विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही छ ।
आज युरो १ को खरिदर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५७ पैसा थियो ।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर ४५८ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६० रुपैयाँ २३ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।















