पोखरा ।
पोखरामा विभिन्न स्थानहरुमा जुवातास खेल्ने र खेलाउने २० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई यही १ कात्तिक देखि ३ कात्तिकसम्म विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ६ लाख १ हजार ६५० रुपैयाँ बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार २ पोखरा ९ नयाँबजार स्थितबाट जुवा तास खेलिरहेका र खेलाउने ५ जना मानिसहरुलाई पक्राउ गरिएको हो। उनीहरुबाट २१२ पत्ती तास र २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद गरिएको छ ।
यसैगरी ३ कात्तिमा पोखरा २६ बिजयपुरको लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेका र खेलाउने ७ जना जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट १४ थान कौडाको गोट्टी र ७७ हजार २०५ रुपैया बरामद भएको छ ।
यहि ३ मा पोखरा २ मोहरिया टोलमा जुवातास खेलिरहेका र खेलाउने ८ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट ६ बुक ताससहित २ लाख ७३ हजार ४४५ रुपैया बरामद गरिएको छ।














