विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

महाकाली नदी किनारमा आज उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्न लागिएको हो ।

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति छ ।

बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ ।

  • ४ कार्तिक २०८२, मंगलवार ०९:२४ प्रकाशित