पोखरा ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।
आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।














