पोखरा ।
पैदलयात्रीलाई ठक्कर दिई फरार सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ७११० नं।को सुमो गाडीले हिजो कार्तिक २ गते साँझ ६ बजेर ४० मिनेटको समयमा अंन्दाजी ५५ बर्षका पुरुषलाई ठक्कर दिइई घाईते बनाई फरार भएको थियो ।
वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिई घाईते पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ ।
ठक्कर दिने सुमो चालक पर्वत मोदी गाउँपालिका वडा नम्बर १ भुकक्ताङले घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष २८ का शुसिल सुनारलाई नियन्त्रण लिएको सुचना प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनलाई आज पोखरा महानगरपालिका वडा नम्बर १० रंङ्गशाला गेट अगाडीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।















