एमाले अध्यक्ष ओलीले सम्पादकहरूसँग संवाद गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्ने भएका छन् । दिउँसो १ बजे कोटेश्वरमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।

ओलीले पछिल्ला घटनाक्रम, जेन जी प्रदर्शनपछिको स्थिति, संसद् पुनर्स्थापना, सरकारको गतिविधिबारे पत्रकारहरूसँग छलफल गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनर्स्थापना हुनुपर्ने, अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन् ।

  • २ कार्तिक २०८२, आईतवार ११:४१ प्रकाशित