साताको पहिलो दिन आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

  • २ कार्तिक २०८२, आईतवार ११:२१ प्रकाशित