यो सरकार हाटहुट र लाटलुटका बीच बनाइएको हो : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार’ भनेका छन् ।

शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । आम जनतालाई त्रसित बनाएर सरकार बनाइएको उनको आरोप छ । ‘आम जनता सहभागी भएर होइन, आम जनतालाई त्रसित बनाएर, तिनका घरमा आगो लगाएर हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार हो,’ उनले भने ।

उनले यो सरकारलाई १ प्रतिशले पनि सर्मथन नगरेको जिकिर गरे । ‘यो एक प्रतिशतले पनि समर्थन नगरेको सरकार हो,’ ओलीले भने, ‘एक प्रतिशत भनेको ३ लाख हुन्छ । ३ लाख मान्छेले सरकार बनाएको हो र ?’

उनले कहाँ भयो क्रान्ति भनेर प्रश्न समेत गरे ।

‘क्रान्तिबाट भनेको सरकार ? कहाँ भयो क्रान्तिरु,’ आफैँ जवाफ दिँदै ओलीले भने, ‘प्रतिक्रान्ति हो यो । देशलाई पछाडि धकेलेको छ । शान्तिबाट हिंसा, अराजकतामा धकेलेको छ । कानुनी राजबाट आवेश उत्तेजनातर्फ प्रतिगमन भएको छ ।’

जेनजी आन्दोलनतर्फ लक्षित गर्दै उनले यसले समाजमा त्रासको मनोविज्ञान बनाएको समेत उल्लेख गरे ।

  • १ कार्तिक २०८२, शनिबार १५:५८ प्रकाशित