पोखरा ।
आज शनिबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भने भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा थियो । त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ३४ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा थियो ।















