भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् ।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौं र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं,’ उनले भने ।

वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले ब्रिफिङको क्रममा भनेकी छिन् ।

 

  • ३१ आश्विन २०८२, शुक्रबार १७:११ प्रकाशित