सर्पको डसाइबाट बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

झापा ।

सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको ज्यान गएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो ।

राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए । रासस

  • ३१ आश्विन २०८२, शुक्रबार ११:४० प्रकाशित