पोखरा ।
ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ ।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ । नेपाल हालसम्म अपराजित छ ।
समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपालले शीर्ष ६ मा बलियो प्रतिद्वन्द्वी युएई र ओमानलाई पराजित गरेको थियो ।
अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ। उसको ६ अंक छ ।















