धनुषा ।
मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।
सोनल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’को शपथग्रहण समारोहमा सहभागी भएका छन् ।
यसअघि सिंहले शपथग्रहण कार्यक्रममा आफूलाई निम्तो नगरिएको दुखेसो पोखेका थिए । अन्तिम समयमा निम्तो आएसँगै उनी शपथग्रहण समारोहमा उपस्थित भएका हुन् ।















