काठमाडौं।
नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।
उनले आफूले पार्टी परित्याग गरेको पुष्टि गरेका छन् । उनले भने, ‘अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ ।’
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) माओवादीमा विलय गराएका थिए ।















