काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य थप बढेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा थप २ हजार रुपैयाँ बढेर तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य समेत बढेको छ । बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।















