यी तीन प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

  • ३० आश्विन २०८२, बिहीबार ०७:५९ प्रकाशित