अस्ट्रेलियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज बिहीबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा थियो  ।

युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ । हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा थियो ।  आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा थियो ।

  • ३० आश्विन २०८२, बिहीबार ०७:२४ प्रकाशित