चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको ज्यान गएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका कमल गुरुङ छन् ।

सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्ननगर १२ नै बस्ने ४० वर्षका अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यस बारेमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

  • २९ आश्विन २०८२, बुधबार १२:३१ प्रकाशित