अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा छ । हिजो युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १३ पैसा थियो ।

  • २९ आश्विन २०८२, बुधबार ०७:३४ प्रकाशित