फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।
इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ ।

हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि भएको फोर्सले जनाएको छ ।

समाचार अनुसार, दुवैका परिवारलाई यसबारे आधिकारिक रूपमा जानकारी दिइसकिएको छ भने अब अन्तिम संस्कारका लागि शव परिवारलाई जिम्मा लगाइनेछ ।

हमासले सोमबार साँझ फिर्ता गरेका अन्य दुई बन्धकका अवशेषहरूको पनि पहिचान गरिएको फोर्सले जनाएको छ । तर ती व्यक्तिहरूको परिचय सार्वजनिक गर्ने तयारी अझै नसकिएको जनाइएको छ ।

  • २८ आश्विन २०८२, मंगलवार १६:४५ प्रकाशित