खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन् ।

आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यस क्रममा उनले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

  • २८ आश्विन २०८२, मंगलवार १४:४१ प्रकाशित