नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रनको योगदान दिए । उनले ४१ बलमा ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ रनमा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३्/३ विकेट लिए ।

  • २७ आश्विन २०८२, सोमबार २२:४३ प्रकाशित