टी-२० विश्वकप क्रिकेट आज कतार र नेपाल भिड्दै

केन्द्रभाग मिडिया

पोखरा ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार सुपरसिक्सको पहिलो खेलमा यूएई बिरुद्ध रोमाञ्चक १ रनको जित निकालेको नेपालले विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

क्रिकेट ग्राउण्ड ओमानमा साँझ ८ः४५ बजेसुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकप नजिक पुग्ने योजनामा छ । सुपरसिक्सको पहिलो खेलमा ओमानसँग पराजित भएको कतारको भने विश्वकप खेल्ने सम्भावना कम हुँदै गएको छ ।

नेपाल आफ्नो समूहबाट सबै खेलमा विजयी हुँदै र कतार उपविजेताका रुपमा युएई रहेको समूहबाट सुपरसिक्समा प्रवेश गरेको हो । सुपरसिक्समा नेपालको ४ अंक हुँदा कतार अंकबिहिन छ। त्यसअघि आज ओमान र यूएई भिड्दैछन् ।

नेपालले भने अर्को खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। सुपरसिक्सका शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रृलंकामा हुने विश्वकपका लागि छनोट हुनेछन्।

  • २७ आश्विन २०८२, सोमबार १५:०१ प्रकाशित