ढोरपाटन नगरपालिकाका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

केन्द्रभाग मिडिया

File photo

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ ।

सहकारी ठगीकै आरोपमा पक्राउ मेयर नेपाली इमेज सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसपछि दिल्ली प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

त्यस्तै नेपालीकी पत्नी एवं प्रतिवादी छेला नेपालीलाई बिगो ६ करोड ९८ लाख ८० हजार रुपैयाँ र उनको गाउँमा विभिन्न स्थानमा रहेको १७ कित्ता जग्गा जफतको मागदाबीसहित कैद र जरिवानासमेतको मागदाबी गरिएको छ ।

  • २६ आश्विन २०८२, आईतवार १४:०४ प्रकाशित