गुण्डुमा एमाले सचिवालय बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो ।

यसअघि ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा जेनजी आन्दोलन र पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलबिच सहकार्य अघि बढाउनुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

  • २६ आश्विन २०८२, आईतवार १२:३० प्रकाशित