जेनजी प्रतिनिधिसंग छलफल गर्दै राष्ट्रपति पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन् ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ । आजको छलफलमा जेनजी आन्दोलनको माग र आगामी राजनीतिक दिशाबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपति पौडेलले यसअघि शुक्रबारमात्रै अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए ।

  • २५ आश्विन २०८२, शनिबार ०८:१५ प्रकाशित