देशभरबाट मनसुन बाहिरियो, कोशीका केही ठाउँमा पानी पर्नसक्ने

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो शुक्रबार यस वर्षको मनसुन नेपालको सबै भागबाट बाहिरिएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

 

  • २५ आश्विन २०८२, शनिबार ०७:४१ प्रकाशित