काठमाडौं ।
फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो ।
फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ ।
भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको थियो ।
स्थानीय सुनामी परिदृश्य डेटाबेसअनुसार, सामान्य ज्वारभन्दा एक मिटरभन्दा बढीको तरंग उचाइ आउन सक्ने अनुमान गरिएको छ। विशेषगरी बन्द बन्दरगाह र खाडिहरूमा तरंग अझै उच्च हुन सक्ने चेतावनी दिइएको छ ।
हालसम्म भूकम्पबाट ज्यान गुमाउने वा घाइते कुनैपनि विवरण प्राप्त भएको छैन ।














