यी दुई प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ ।

 

  • २४ आश्विन २०८२, शुक्रबार ०७:५६ प्रकाशित