पोखरा ।
गण्डकी अटो मेकानिकल र्वक्स एशोसिएसन पोखराले जेन जि आन्दोलनको क्रममा पोखरा भित्र तोडफोड तथा आगजनी भएका सम्पूर्ण सवारी साधनलाई मर्मत गर्ने जिम्मा लिने भएको छ ।
एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सहुलियत मुल्यमा तोडफोड तथा आगजनी भएका सवारी साधनको मर्मत गरी नयाँ बनाउने जिम्मा लिने बताएको हो ।
तोडफोड तथा आगजनी भएका सवारीको मर्मत नगरि नयाँ खरिद गर्दा ठुलो धनराशी नेपाल बाहिर जाने भएकोले आफुहरुले जिम्मा लिई यहि मर्मत गर्ने एशोसिएसनका अध्यक्ष विष्णु प्रसाद अधिकारीले बताए ।
हाल यस एशोसिएसनमार्फत ३२१ वटा फर्म सदस्यहरु आवद्ध रहेका छन् । एशोसिएसनले आफ्ना सदस्यहरुलाई नयाँ नयाँ प्रविधि अनुसारका तालिमहरु दिदैं आइरहेको छ । साथै एशोसिएसनले पोखरा क्षेका हरेक वर्कसपहरुको व्यवसाय प्रर्वद्धन तथा व्यवस्थापन, वर्कसप सरसफाई तथा डेंगी रोग सम्बन्धि जानकारी र नियन्त्रण सम्बन्धी सचेनतनामुलक कार्यक्रमहरु प्नि निरन्तर गर्दै आइरहेको छ ।














