यी तीन प्रदेशका केही स्थानमा हल्का वर्षाकोसम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

  • २३ आश्विन २०८२, बिहीबार ०८:१० प्रकाशित