कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।
कांग्रेसको यही २६ असोजमा बस्ने केन्द्रीय समिति बैठको बैठकको एजेण्डा तय गर्न कांग्रेस पदाधिकारीको बैठक बिहीबार बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका कांग्रेसका एक नेताले जानकारी दिए ।

उनले बैठक बोलाइएको स्थान भने खुलाएन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन २४मा देउवा र उनका पत्नि आरजु राणा देउवा माथि कुटपिट भएको थियो ।

सेनाको सुरक्षामा देउवा दम्पत्तिले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पत्ति बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।

  • २२ आश्विन २०८२, बुधबार १९:२२ प्रकाशित