म्याग्दीमा जिप दुर्घटना, १५ जना घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको छ ।

  • २२ आश्विन २०८२, बुधबार १६:०४ प्रकाशित