पोखराको लिची बगान जग्गा घोटाला प्रकरण विशेष अदालत पुग्यो

केन्द्रभाग मिडिया

पोखराको लिची बगान जग्गा घोटाला प्रकरण विशेष अदालत पुगेको छ । घोटालामा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत गएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । हाल अदालतमा रुजु गर्ने काम भइरहेको पौडेलले बताए ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

  • २२ आश्विन २०८२, बुधबार १६:०० प्रकाशित