संसद पुनर्स्थापनाको माग लिएर अदालत जान्छौं : महेश बस्नेत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता महेश बस्नतेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आज पत्रकार सम्मेलन गरी उनले एमाले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका हुन् । नेता बस्नेतले संसद पुनर्स्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत् अघि बढाउने भन्ने विषयमा पनि छलफल भईरहेको समेत बताए । उनले भ्रष्टाचारविरुद्धको जेन-जी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि बताए

नेता बस्नेतले जेन—जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए-नभएको छानविन गर्नुपर्ने माग गरे ।

  • २२ आश्विन २०८२, बुधबार १५:२१ प्रकाशित