कांग्रेसका निवर्तमान सांसदहरूले रातो पासपोर्ट फिर्ता गर्न थाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान प्रतिनिधि सभा सांसदहरूले रातो राहदानी फिर्ता गर्न थालेका छन्।

सांसदको हैसियतले सुविधाका रूपमा प्राप्त भएको रातो पासपोर्ट फिर्ता गरिएको निवर्तमान सांसद प्रतिमा गौतमले जानकारी दिइन्।

उनकाअनुसार संघीय संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाउनका लागि रातो पासपोर्ट फिर्ता गरिएको हो। आफू र निवर्तमान सांसद सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेको उनको भनाइ छ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव मिति तोकेको छ।

  • २२ आश्विन २०८२, बुधबार १४:०८ प्रकाशित